अर्थमन्त्रीमा नियुक्त खनालले पीएसओ र गाडी सुविधा नलिने

काठमाण्डु - अन्तरिम सरकारको अर्थमन्त्रीमा नियुक्त डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् । उनले निजी सुरक्षागार्ड (पीएसओ), सरकारी गाडीसहितका सुविधा नलिने घोषणा गरेका हुन् । प्रधामनन्त्री कार्यालयका एक कर्मचारीका अनुसार खनालले यहि शर्तमा आधारमा मन्त्री बन्न तयार भएका हुन् । तर उनले मन्त्री भए वापत पाउने तलब भने लिनेछन् ।…