काठमाण्डु- प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व बुधबार सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै छ। शास्त्रीय विधानअनुसार आज बिहानै उठी घर लिपपोत गरी स्नान गरेर पूजासामान तयार पारी संकल्प गरिन्छ। दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ।…