काठमाण्डु – भुकम्पपछि त्रिपाल खरिदको भुक्तानी प्रकरणमा मुछिएका पूर्वसचिव डा. रमेशकुमार सिंह राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका छन् । गत बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा डा. सिंहलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । राई नेतृत्वको जसपाले डा. सिंहलाई योजना आयोगको सदस्यमा सिफारिस गरेको यो दोस्रो पटक…