क्याम्पसको अध्यक्षमा ठूला दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्र पण्डित विजयी

महेन्द्रनगर – कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित रौलेश्वर बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष पदको निर्वाचनमा ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार पुष्पकमल पण्डित विजयी भएका छन् भने एमाले–माओवादी गठबन्धनका उम्मेदवार तथा पूर्वअध्यक्ष ईश्वरीदत्त भट्ट र कांग्रेस उम्मेदवार पवनकुमार जोशी पराजित…