काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ: खानेपानी मन्त्री राई

काठमाण्डु- खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले सो खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताएका हुन् । मन्त्री राईले बाढीको मात्रा बढ्ने बित्तिकै मेलम्चीको पानी काठमाण्डु ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण…