काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीले समस्या देखाएर मात्र नहुने बताउँदै समाधान दिनसक्नुपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताए । कांग्रेसले नेपालमा रहेको रोजगारीको समस्याको…