जाजरकोटमा २ पटक भूकम्प

काठमाण्डु- जाजरकोटमा दुईवटा भूकम्प गएका छन्। कुशे गाउँपालिकाको पैङ्क क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार राति र मंगलबार बिहान गरेर दुईवटा भूकम्प गएका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पहिलो भूकम्प राति ९ बजेर ३१ मिनेटमा गएको थियो। केन्द्रका अनुसार उक्त भूकम्प ४.१ म्यागनिच्युटको थियो। त्यसैगरि दोस्रो भूकम्प मंगलबार बिहान ४ बजेर ५३ मिनेटमा…