काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुखको पदप्रति देखाइएको व्यवहार लोकतन्त्रका लागि गम्भीर खतरा भएको भन्दै कडा आपत्ति जनाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद परियारले लोकतन्त्रको नाममा राजनीति गर्ने दलहरुलाई ऐतिहासिक नेताहरूको सम्झना गराउँदै सचेत रहन आग्रह गरे। उनले भने, “लोकतन्त्रको विरासत बोकेका भनी दाबी गर्नेहरूले सम्मानित सदन, सार्वभौम सदनको उपसभामुखजस्तो…