समाचार प्रकाशित गरेकै कारण सिरोहियालाई पक्राउ गरियोः उपेन्द्र यादव

काठमाण्डु- जनता समाज पार्टी (जसपा) नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह ढंगबाट पक्राउ गरिएको जनाएको छ । बुधवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सिरोहियालाई पूर्वाग्रह ढंगबाट पक्राउ गरिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । कान्तिपुरमाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रतामाथि निर्मम प्रहार भएको यादवले विज्ञप्तिमा उल्लेख गरेका छन्…