पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वाेच्च अदालतमा दायर मुद्दा हेर्दाहेर्दैमा परेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको छ । मंगलबार पक्षतर्फका वकिलहरूले बहस गरेका छन् भने बहस बाँकी नै रहेकाले भोलि बुधवार पनि बहस हुनेछ । सकेसम्म बुधबार नै मुद्दाको छिनोफानो हुनसक्ने जनाइएको छ ।…