एमाले पछि कांग्रेसले पनि बोलायो संसदीय दलको आकस्मिक बैठक

काठमाण्डु– नेपाली कांग्रेसले आफ्ना सांसदहरू आकस्मिक रूपमा संसदीय दलको कार्यालय सिंहदरबार बोलाएको छ । मंगलबार सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाईएको काङ्ग्रेस सांसद सीता मिजारले जानकारी दिएकी छन् । उनले बैठकको विषय नखुलाइए पनि उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग लगाउन हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने बताएकी छन् । अहिले सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा…