आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन : कुन-कुन रुट हुँदैछ अवरुद्ध ?

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज (मंगलबार) काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्दैछ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । राप्रपाको विभिन्न स्थानबाट निकालिएको र्‍याली बल्खुमा पुगेर विरोध सभामा परिणत हुनेछ। उक्त प्रदर्शनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ ।…