काठमाण्डु – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । संघर्षमा स्वशासनसम्मको तयारी रहेको छ । पार्टीको गभर्निङ काउन्सिलको जेठ १–३ गतेसम्म भएको बैठक र मधेश थरुहटका नेताहरूसँगको छलफलपछि दोस्रो चरणको आन्दोलन घोषणा गरिएको संयोजक महतोले जानकारी दिए । जेठ ६ गते सुरु हुने दोस्रो चरणका कार्यक्रममा ११ जेठसम्म…