अस्तव्यस्त नारायणगढ-मुग्लिन सडकखण्ड (तस्बिरहरू)

काठमाण्डु - पूर्वी तथा पश्चिम नेपालका सवारी साधन राजधानी काठमाण्डु आउजाउ गर्ने मुख्य राजमार्ग नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात व्यवस्था अस्तव्यस्त भएको छ। आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेपछि मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । जसको कारण यात्रुहरू जाममा फसेका हुन् । पहिरो पन्छाएर केही समय सडकमा दुईतर्फी यातायात सञ्चालनमा…