काठमाण्डु - विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ । यो रथ यात्रालाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जानकारी दिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत केहिदिनअघि विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताएका थिए…