काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशालास्थित भण्डारखालमा शनिवार बिहान बृहत् वृक्षरोपण गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । हीरक जयन्ती मूल समारोह समितिको समन्वयमा वृक्षारोपण गर्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले विश्वलाई गम्भीर चुनौती दिइरहेको…