सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो

काठमाण्डु - लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ। मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन्। कोशी ब्यारेज हुँदै…