काठमाण्डु – हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप सिजनभर गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ । एनसेलको पहल विशेषगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्रोतको अभावलाई घटाउँदै गुणस्तरीय शिक्षाका लागि योगदान…