काठमाण्डु- संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल निष्कर्षविहीन सकिएको छ । सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी…