काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सानदार सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८ ओभर ३ बलमै ४ विकेटको क्षतिमा पूरा गर्यो । लुम्बिनीका लागि गुलबुद्धिन नैबले अविजित ४४ रनको धारिलो…