काठमाण्डु – पूर्वी तराईमा लामो खडेरीपछि केही दिन मनसुन सक्रिय हुने भएको छ । पछिल्लो २४ घण्टामा झापा, उदयपुर, मोरङ, धनकुटा लगायतका क्षेत्रमा भारी वर्षा भएको छ । झापाको अनारमनी विर्ता स्टेसनमा १५१.६ मिलिमिटर, गाईघाटमा १३४.३, चन्द्रगढीमा १२७ र दमकमा १२१ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेशको…