काठमाण्डु- म्यानमारमा भूकम्प प्रभावित घाइतेहरूको उपचारमा खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएको छ । चैत्र २० गते म्यानमार गएको १६ सदस्यीय चिकित्सकीय टोली शुक्रबार स्वदेश फिर्ता भएको हो । म्यानमारको यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी खटिएको टोलीले शल्यक्रिया, हाड जोर्नी तथा ओ.पि.डि. लगायतका सेवा प्रदान गरेको थियो । टिममा मेडिकल इन्चार्ज तथा जनरल सर्जन…