नेपाली सेनाले वीरगञ्जमा वितरण गर्‍यो पानी

काठमाण्डु - नेपाली सेनाको श्रीजङ्ग गणले वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानी वितरण गरेको छ । त्यस क्षेत्रमा पानीको हाहाकार भएसँगै सेनाले दैनिक औसतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गरेको हो । मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको हो । श्रीजङ्ग गणका गणपति…