काठमाण्डु– नेकपा माओवादी केन्द्रले काठमाडौंको टोखाबाट २५ करोड बरामद भएको घटनाको छानबिन गर्न विशेष छानबिन समिति बनाउन माग गरेको छ। आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले यति ठूलो तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव नहुने भएकाले निष्पक्ष छानबिन गर्न माग गरे। उनले भने, ‘हामी प्रतिपक्षले यो सरकार सुशासनप्रति इमानदार छैन। यो सरकारप्रति आशंका…