काठमाण्डु – नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका ४ प्रस्ताव पारित भएका छन् । आज बिहीबार अपराह्नमा महासमितिको बैठकले ४ वटा प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखासमिति संयोजक श्याम घिमिरेले पार्टीको आर्थिक प्रतिवेदन सम्बन्धी प्रस्ताव राखेका थिए । महासमिति…