अमेरिकाबाट निकालिएका १० नेपाली काठमाडौं आइपुगे

काठमाण्डु– अमेरिकबाट निकालिएका १० नेपाली अमेरिकी चार्टर जहाजबाट बुधबार काठमाडौं आइपुगेका छन्। अमेरिकी चार्टर जहाज बिहान १० बजे काठमाडौ अवतरण गरेको हो । अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जीआरपी– २३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको हो…