एलपी ग्यासको मूल्य यथावत् छ : आयल निगम (विज्ञप्तिसहित)

काठमाण्डु – नेपाल आयल निगमले ग्यासको मूल्य यथावत् रहेको जनाएको छ । मंगलबार नेपाल एलपी ग्यास उद्योग संघले सरकारसँग भएको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउँदै ग्यास उद्योगहरूबाट अब ग्यास सहज उपलब्ध हुने जनाइएको छ । मंगलबार भएको ५ बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो…