काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विश्वसनीय र अनुकूल वातावरण बनाउन सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । प्रधानमन्त्री कार्कीले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय छलफलमा सहभागी नेताहरूले सरकारका हालका गतिविधिले निर्वाचनप्रतिको विश्वास कमजोर बनाइरहेको भन्दै स्पष्ट तयारी देखिनुपर्नेमा जोड दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका…