जर्मनीको शीशा बारमा गोली चल्दा ८ जनाको मृत्यु

जर्मनीको शीशा बारमा गोली चल्दा ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- जर्मनीको हानाउ शहरको एक बारमा भएको अन्धाधुन्ध गोलीकाण्डमा ८ जनाको ज्यान गएको छ । जर्मनीको पश्चिमी क्षेत्रमा रहेको हानाउ शहरको शिशा बारमा अन्धाधुन्ध गोलीकाण्डका हुंदा ८ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।

हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जर्मनीको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ। घटनापछि बन्दुकधारी फरार भएको जर्मनीका अधिकारीले जनाएका छन्। स्थानीय समय अनुसार राति १० बजे घटना भएको प्रहरीले जनाएको छ।

त्यहाँबाट भागेका आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिलो गोलीकाण्ड सिटी सेन्टरको बारमा भएको हो । त्यसपछि हानाउको केसेल्स्टाड्ट नजिकै अर्को गोलीकाण्ड भएको हो ।

दुवै क्षेत्रमा प्रहरीले हेलिकप्टरसहितबाट गस्ती गरिरहेको छ । शिशा बारमा आक्रमणकारीले तीन जनाको हत्या गरेका हुन् । त्यसपछि बन्दुकधारी अर्को ठाउँमा गएर अरु पाँचजनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।आक्रमणको कारण खुल्न सकेको छैन।