८८ केजी सुन तस्करी प्रकरणः रहस्यका पाटा खुल्दै, चिनियाँ दम्पत्तिसँग सम्पर्कमा रहेका पाँच पक्राउ

८८ केजी सुन तस्करी प्रकरणः रहस्यका पाटा खुल्दै, चिनियाँ दम्पत्तिसँग सम्पर्कमा रहेका पाँच पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले ८८ किलोग्राम (केजी) सुन तस्करी काण्डमा संलग्न भएको अभियोगमा थप पाँच जनालाई पक्राउ गरेको छ।

 

 

यसअघि साउन १९ गते सुन बरामद भएपछि गाडी चालकसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले पाँच जना सुन व्यवसायीलाई पक्राउ गरेको हो।

 

 

 

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई पक्राउ गरेको हो।

 

 

बडूसँग १० लाख ८२ हजार नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक हजार एक सय अमेरिकी डलर, अग्रवालसँग १३ लाख नेपाली रुपैयाँ र शाक्यसँग एक करोड ४२ लाख नगद र एक केजी दुई सय ९ ग्राम सुन बरामद गरिएको महाशाखाका प्रमुख दिवेश लोहनीले जानकारी दिए।

 

सुनको मालिक चिनियाँ नागरिक पान विई मिङ र याङ वेन विङ दम्पत्तिसँग ती व्यक्तिहरुको सम्पर्क हुने गरेको खुल्नमा आएपछि पक्राउ गरिएको लोहनीले बताए।

 

 

महाशाखाको टोलीले गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीबाट बा १७च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो।