निर्वाचित वडा सदस्यको हृदयघातका कारण निधन

निर्वाचित वडा सदस्यको हृदयघातका कारण निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी– स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित एकको हृदयघातका कारण निधन भएको छ।

 

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– २ को दलित महिला सदस्यमा निर्वाचित ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहीबार निधन भएको हो।

 

 

उनी बुधबार मात्र राष्ट्रिय जनता पार्टी नेपालकाबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए।