लेबनानमा ज्यान गुमाएका नेपाली सैनिकको परिचय खुल्यो

लेबनानमा ज्यान गुमाएका नेपाली सैनिकको परिचय खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा मृत्यु भएका नेपाली सैनिकको परिचय खुलेको छ ।

लेबनानस्थित युनिफिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी धादिङ मूलपानीका अमलदार नरबहादुर मगरको मृत्यु भएको उल्लेख गरेको छ । उनी चार महिनाअघि मात्र लेबनान गएका थिए ।

दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो । उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ ।

युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

र याे पनि

शान्ति सेना गएका नेपाली सैनिकको लेवनानमा मृत्यु