भरतपुर अस्पतालका बिरामीमा कोरोना भाइरस ‘नेगेटिभ’

भरतपुर अस्पतालका बिरामीमा कोरोना भाइरस ‘नेगेटिभ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर – भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

प्रयोगशलाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको सङ्क्रमण नरहेको उनले जानकारी दिए । भरतपुर अस्पतालबाट यसअघि पठाइएका दुई वटा नमूनाको नतिजा पनि नेगेटिभ आएको थियो ।

अस्पतालले कोरोनाको सङ्केत देखिएका व्यक्तिलाई आइसोलेसन वार्डमा राखेर नमूना परीक्षणका लागि काठमाडौँ पठाउने गर्दछ । अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीलाई राख्नका लागि १९ श्याको आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा श्रीराम तिवारीले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि अस्पतालमा उच्च सतर्कता अपनाइएको बताए ।