कोरोना फैलिन्छ भनेर देशभरका कारागारमा कडाइ 

कोरोना फैलिन्छ भनेर देशभरका कारागारमा कडाइ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणमा जोखिमका कारण देशभरिका कारागारमा सतर्कता बढाइएको छ। जेलभित्र एकजनालाई संक्रमण भएको केही दिनमै धेरैलाई फैलिन सक्ने भएकाले भेघटघाटमा कडाइ गरिएको छ।

कारागार व्यवस्था विभागले देशभरिका जेलमा यससम्बन्धी सतर्कता बढाएको छ। ‘तत्कालका लागि कैदी÷बन्दीहरूको सरुवा रोकेका छौं,’ कारागार व्यवस्था विभागका निमित्त महानिर्देशक देवेन्द्र लामिछानेले भने, ‘भेटघाटमा पनि कडाइ गरिएको छ।’ याे समाचार नयाँ पत्रिका दैनिकमा छ ।