ठगी गर्न नपाएपछि टीकापुरमा व्यापारीले फुटाए मन्त्रीको झण्डावाल गाडी

ठगी गर्न नपाएपछि टीकापुरमा व्यापारीले फुटाए मन्त्रीको झण्डावाल गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–कैलालीको टीकापुरमा स्थानीय र व्यापारीले मन्त्रीको झण्डावाल गाडी फुटाइदिएका छन्।

 

 

उनीहरुले बजार अनुगमनमा हिँडेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको गाडीमा ढुंगा प्रहार गरेका हुन्। ढुंगा प्रहारबाट राज्यमन्त्रीको गाडीको सिसा फटेको छ।

 

 

शनिबार टीकापुर बजारका पसलमा चेकजाँच गर्नलाग्दा स्थानीय पसलेहरु र राज्यमन्त्रीबीच भनाभन भएको थियो।

 

 

राज्यमन्त्री विकको सरकारी टोली र स्थानीय पसलेबीच विवाद भैरहदा भेला भएका स्थानिय सर्वसाधारणले नाराबाजी गर्दै राज्यमन्त्रीसहितको सरकारी टोलीलाई बजारबाट लखेटेका थिए।