काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता राज किशोर यादवले आफ्नो राजनीतिक चरित्र हत्या गर्न फर्जी टेप सार्वजनिक गरेको उल्लेख गरेका छन् । उनले गड्डु सिंहसँग विगत ६ महिनादेखि कुनै सम्वाद वा भेटघाट नभएको भन्दै सार्वजनिक गरिएको टेपमा कुनै सत्यता नरहेको जानकारी दिएका छन् ।
‘केही अनलाइन मिडियामा आएको सम्वाद टेपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । गड्डु सिंहले सम्वादमा मसँग कुराकानी भएको कुरामा कुनै सत्यता छैन् । सम्वादमा रहेका अन्य दुई जनासँग मेरो कुनै चिनजान र आजसम्म भेटघाट भएको छैन् । यदि कसैले मेरो सम्वाद भएको पुष्टि गरेमा म राजनीतिबाट सन्यास लिने प्रतिबद्धता गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।
पैसा लेनदेनको विषयमा गड्डु सिंहले राजपा नेता राज किशोर यादवलगायत केही नेताहरुको नाम मुछेपछि विवाद सिर्जना भएको थियो ।
आफूमाथि षड्यन्त्रपूर्ण बदनाम गरे कानुनकी कारबाही गर्न बाध्य हुने यादवले उल्लेख गरेका छन् ।
राजपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचत भएका सांसद सिंहले साढे दुई करोड बुझाएर सांसद भएको टेप सार्वजनिक भएको थियो ।




प्रतिक्रिया