काठमाडौं – सरकारले आइतबारबाट सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदेश वायुसेवा कम्पनीहरुले हटेर गर्दै आएका छन् । कोरोना भाइरस संक्रमणको सम्भावित खतराबाट जोगिन सरकारले अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा प्रतिबन्ध गरे पनि ती एयरलाइन्स कम्पनीहरुले काठमाडौं उडान जारी राखेका हुन् ।
सोमबार एत्तिहाद र कतार एयरवेजले काठमाडौँ उडान गरिरहेका छन् । दोहाबाट आज दिउँसो सवा १२ बजे उडान भरेको कतार एयरवेज साँझ १८:३७ बजे काठमाडौँमा आइपुगेको छ ।
त्यस्तै एतिहाद एयरलाइन्सको जहाज अबुदाबीबाट १२:१४ बजे उडान भरेर अहिले साँझ १८:३७ बजे नै अवतरण गरेको छ । यी दुवै जहाज बिहान उडान भर्ने सेड्यूल भन्दा ढिलोगरी नेपाल आएका हुन् ।





प्रतिक्रिया