काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
पार्टीका प्रवक्तासमेत रहेका चालिसेले बुधबार उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्।
अब उनी कांग्रेस उपसभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। यसअघि सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले पनि उम्मेदवारी फिर्ता लिएर गगन थापालाई सघाउने घोषणा गरिसकेका छन्।



प्रतिक्रिया