लकडाउन प्रभाव :उपत्यकाका सडक सुनसान

लकडाउन प्रभाव :उपत्यकाका सडक सुनसान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले आज मंगलबारदेखि एक हप्ताका लागि देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बेलुका बसेको बैठकले उक्त निर्णय गरेको हो। यो क्रममा मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले भनेको छ। अत्यावस्यक सवारी साधनबाहेक अन्य सवारी गुडाउन प्रतिवन्ध लगाइएको छ।

देशभर लकडाउन भएपछि अब अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएको छ। अब आन्तरिक उडान पनि बन्द गर्ने निर्णय सरकारले गरेको छ। अब कुनै व्यक्ति घरबाट निस्कन पाउनेछैन। कोही व्यक्तिले अटेर गरेर हिँडडुल गरे सुरक्षाकर्मीले पक्राउ गरी कारबाही गर्नेछ।

 

लकडाउन पछि राजधानी काठमाडौंका सडक सुनसान देखिएका छन्। विहान गुडेका सवारीलाई पनि प्रहरीले सम्वन्धित स्थानमै फर्काएको छ। काठमाडाैं, ललितपुर र भक्तपुरमा मंगलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएन। उपत्यकामा मंगलबार बिहानको दृश्य कफ्र्युको जस्तै देखिएको छ। लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो।