युद्धकलामा आधारित अभ्यासका लागि नेपाली सेना बेलायत जाँदै, प्रधानसेनापतिद्वारा टोलीको विदाई


 

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले बेलायत प्रस्थान गर्ने नेपाली सेनाको टोलीको विदाई गरेका छन्।

 

 

असोज २७ देखि कात्तिक ५ गतेसम्म बेलायती सेनाद्वारा सञ्चालन हुने अन्तर्राष्ट्रिय सैनिक युद्धकलामा आधारित अभ्यास ( एक्सरसाइज क्याम्ब्रीन पेट्रोल) मा सहभागी हुन जान लागेको नेपाली सेनाको टोलीको प्रधानसेनापतिले सोमबार विदाई गरेका हुन्।

 

अभ्यासमा सहभागी हुन नेपाली सेनाबाट सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोली असोज १३ गते बेलायत जाँदैछ।

 

 

बेलायतमा सैनिक युद्धकलाहरुमा आधारित अभ्यास सुरु भएको ५० वर्षभन्दा बढी भइसकेको छ। वार्षिक रुपमा सञ्चालन हुने उक्त पट्रोलमा गतवर्ष नेपाली सेनाको तर्फबाट दुर्गाबक्स गणले सहभागिता जनाएको थिया।े यस वर्ष गोरखबक्स गण तथा विशेष फौज बाहिनीबाट प्रतिनिधित्व हुँदैछ।

 

 

अन्तर्राष्ट्रिय सैनिक युद्धकलामा आधारित अभ्यासले नेपाली सैनिकहरुको व्यवसायिक क्षमता अभिबृद्धि हुनुको साथै दुई मित्रराष्ट्रहरुको सेनाबीच रहेको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement