काठमाडौं – नेपाल क्योकुशिन कराते संघका अध्यक्ष र कोषाध्यक्षले विश्वप्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रयोग गरिने मास्क र पिपिई सहयोग गरेका छन् ।
अध्यक्ष दमन बस्नेत र कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले सिन्धुली क्योकुशिन कराते संघ (इको) का अध्यक्ष रितेस बिकलाई क्लब फिप्टीको तर्फबाट ५०० थान मास्क र १५ थान पिपिई हस्तान्तरण गरेका हुन् ।
उक्त स्वास्थ्य सामाग्री सिन्धुली क्योकुशिन कराते (इको) संघ र सिन्धुली स्थित दुधौली नगरपालिकाले संयुक्तरूपमा सम्बन्धित व्यक्तिहरुलाई वितरण गर्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।




प्रतिक्रिया