कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ । कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि शुक्रबार बिहान १ बजे गोली प्रहार भएको हो ।

खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो । दुई जना अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेपनि उनलाई नलागेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।