काठमाडौं–निर्वाचन आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्दराज पोखरेललाई प्यूठान जिल्ला छाड्न निर्देशन दिएको छ।
आयोगले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै पोखरेललाई प्युठान छाड्न व्यवस्था मिलाउन बिहीबार आदेश दिएको हो।
पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै आयोगले उनलाई २४ घन्टे स्पष्टीकरण पनि सोधेको छ।
आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षरित पत्रमा भनिएको छ, ‘पोखरेलले १० असोजदेखि प्यूठान जिल्लाका विभिन्न स्थानमा कांग्रेसका कार्यकर्तासँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निजलाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ।’
प्युठान कांग्रेसले पोखरेलको नाम आगामी चुनावका लागि उम्मेदवारमा पनि सिफारिस गरेको छ।




प्रतिक्रिया