काठमाडौं–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका प्राडा गोविन्द केसी १३औं अनशन सुरु गरेका छन्।
त्रिवि शिक्षण अस्पतालमा बिहीबार बेलुका पत्रकार सम्मेलन गरेर डाक्टर केसीले १३औं अनशन थालेका हसनु। उनले ४ बुँदे माग पनि सार्वजनिक गरेका छन्।
डा. केसी संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेकाले डा. केसी अनसनमा बसेका हुन्। उनले यअसघि गत असोज ९ गते गरेको १२ औं अनशन थालेका थिए। तर, दसैंका कारण ११ गते नै स्थगित गरेका थिए।




प्रतिक्रिया