काठमाडौं– नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल एमाले प्रवेश गर्ने भएका छन्।
प्रहरी संगठनबाट राजीनामा दिएका सिलवाललाई शुक्रबार काठमाडौंमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन्।
शुक्रवार विहान ११ बजे बुद्द्नगर स्थित क्वालिटी पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रम रहेको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए।
आईजीपी मुद्दामा पराजित भएपछि प्रहरी संगठनबाट राजीनामा दिएका सिलवाल लामो समयदेखि औपचारिक कार्यक्रममा देखा परेका थिएनन्। तर, उनी बुधबार ललितपुरमा आयोजित एमालेको कार्यक्रममा देखा परेका थिए।
तस्बिर : नेपाल लाइभबाट साभार




प्रतिक्रिया