वाइवाइ चाउचाउ सर्वियामा पुग्यो, सर्वियाका राष्ट्रपतिले गरे वाइवाइ युरोपको उद्घाटन

वाइवाइ चाउचाउ सर्वियामा पुग्यो, सर्वियाका राष्ट्रपतिले गरे वाइवाइ युरोपको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका एक मात्र अर्बपती विनोद चौधरीको कम्पनी चौधरी ग्रुपले युरोपमा पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ । चौधरी ग्रुपले सर्वियामा निर्मित वाइवाइको प्लान्टबाट वाइवाइ चाउचाउ उत्पादन सुरु गरेको हो ।

 

 

 

सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले बिहिबार वाइवाइ युरोपको सर्वियामा औपचारीक उद्घाटन गरेका हुन ।  सर्वियाको रुमा सहरमा वाइवाइको प्लान्ट स्थापना गरिएको छ ।

 

 

नेपालको पहिलो ब्रान्डको रुपमा  स्थापित वाइवाइ युरोपेली राष्ट्रबाट पनि उत्पादन भएको हो ।  ‘सिजी फुड्स युरोप’ नामबाट  पहिलो पटक वाइवाइ युरोपेली राष्ट्रबाट नै उत्पादन सुरु भएको हो । चौधरी ग्रुपले हाल नेपाल र भारतका विभिन्न ठाउमा प्लाण्ट स्थापना गरेर वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको छ । नेपाल र भारतका विभिन्न शहरमा वाइवाइ चाउचाउ निकै प्रख्यात छ ।

 

चौधरी ग्रुपले बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । त्यसैगरी सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना समेत चौधरी ग्रुपको छ ।