कांग्रेस नेता महेश आचार्यले भने ‘ एमाले–माओवादी गठवन्धनले मुलुकमा असहजता उत्पन्न गराउछ’

कांग्रेस नेता महेश आचार्यले भने ‘ एमाले–माओवादी गठवन्धनले मुलुकमा असहजता उत्पन्न गराउछ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेस नेता महेश आचार्यले बाम गठबन्धनले मुलुकको हित नगर्ने भन्दै गठवन्धनलाई अतिवादी गठबन्धनको भएको आरोप लगाएका छन् । माओवादी केन्द्र, एमाले र नयां शक्तिबीचको गठवन्धनले मुलुकमा असहजता उत्पन्न गराएको आचार्यको भनाई थियो ।  

 

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै आचार्यले माओवादी एमालेमा मिसिएपछि शान्ती प्रक्रियाको एउटा महत्वपुर्ण पक्षको अन्त भएको दाबी गरे । उनले एमाले अध्यक्ष केपी ओली शान्ती सम्झौताको विरोधी भएको भन्दै माओवादी एमालेमा मिसिएपछि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पक्षको वारेस को हुने हो भन्दै प्रश्न समेत गरे ।

 

 

पुर्व अर्थमन्त्री समेत रहेका आचार्यले आगामी मंसिरमा हुन गइरहेको प्रदेश र संघको निर्वाचन सरकारले जुनसुकै हालतमा पनि गराउने बताए । उनले बाम शक्तिको प्रतिरोधका लागी कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठवन्धन निर्माण गर्ने बताए ।