चन्द्रागिरि नगरपालिकामा चार दिनसम्म घरबाहिर हिँडडुल गर्न प्रतिबन्ध

चन्द्रागिरि नगरपालिकामा चार दिनसम्म घरबाहिर हिँडडुल गर्न प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रागिरि नगरपालिकामा ६ जना कोरोना संक्रमित भेटिएपछि चार दिनसम्म घरबाहिर हिँड्न पूर्ण प्रतिबन्ध लगाएको छ । शनिबार दिउँसो १२ बजेदेखि जेठ ७ गते बिहान ६ बजेसम्मका लागि नगरपालिका क्षेत्रमा पुर्ण प्रतिबन्ध लगाइएको हो।

नगरप्रमुख धनश्याम गिरीले ७ जेठसम्म स्थानीयलाई घर बाहिर हिँडडुल गर्न रोक लगाइएको बताए । उनले अत्यावश्यक कामले हिँडडुल गर्नुपरे सामाजिक दूरी कायम गरी माक्स र पञ्जा लगाएर मात्र हिँड्न भनेको बताए ।

चन्द्रागिरि नगरपालिकामा हालसम्म मच्छेगाउँ, दहचोक, बलम्बु, सतुंगलमा एक एक र दुई जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगर क्षेत्र भित्रका औषधि पसलबाहेक अन्य सबै खालका पसल, सरकारी, सहकारी, प्राइभेट सबै खालका कार्यालय सञ्चालन र विकास निर्माणका काममा पनि रोक लगाइएको उनले बताए।

चन्द्रागिरि नगरपालिकाको यो निर्णयले काठमाडौँ प्रवेश गर्ने मुख्य नाका थानकोटबाट हुने आवागमन पनि प्रभावित हुने छ। मालवाहक गाडीलाई सडकमा गुड्न दिए पनि रोक्न र सामान ओसारपसार गर्न पनि रोक लगाइएको सूचनामा उल्लेख छ।