नेटवर्किङ सञ्जालबाट साढे १६ लाख ठगी गर्ने लोकेश पक्राउ

नेटवर्किङ सञ्जालबाट साढे १६ लाख ठगी गर्ने लोकेश पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेटवर्किङ सञ्जालबाट ठगी गर्ने मध्येका तनहुँ जिल्ला आबुखैरेनी गाउँपालिका–७ का लोकेश भन्ने लोकबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ।

 

 

 

भारतको गोरखपुरमा रहेको ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रा.लि.मा तालिम लिए पश्चात आकर्षक तलव सुविधा सहितको जागिर लगाई दिन्छु भनी विश्वास दिलाई २० जना व्यक्तिहरुलाई ठगी गर्ने मगरलाई प्रहरीले पक्राउ गरेको हो।

 

 

 

उक्त ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रा.लि.का डाईरेक्टर काजी गुरुङ लगायतका व्यक्तिहरुको मिलेमतोमा ७ दिनको तालिम गराई पीडितहरुसँग १६ लाख ४० हजार ठगी गर्ने मध्येका मगरलाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो।

 

 

नेपालबाट पीडितहरु लगायत अन्य व्यक्तिहरु समेतलाई सो प्रा.लि.मा प्रत्येकले ५ जना सदस्य बनाउन सकेमा आकर्षक तलव उपलब्ध गराउने भनी प्रलोभनमा पारी नेटवर्किङ संजालबाट ठुलो रकम लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ।

 

मगरलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइनुका साथै अन्य व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।