महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि चिकित्सकमाथि आक्रमण भएको छ। अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात भएपछि त्यसको विरोधमा आइतबारबाटआकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
शनिबार भीमदत्त नगरपालिका १ बारकुन्डाकी सरस्वती विष्टलाई प्रसूतिका लागि महाकाली अस्पताल ल्याइएको थियो। प्रसूतिको क्रममा नवजात शिुशुको मृत्यु भएपछि आफन्त आफ्न्तजनले ड्युटीमा रहेका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा समेत तोडफोड गरेका थिए।
सरस्वतीका सासु कमला स्वास्थ्यकर्मीकै लापरबाहीका कारण शिशुको मृत्यु भएको दाबी गर्छिन। तर, प्रसूति गराउन संलग्न डा. सत्य कोइराला टाउकोमा भ्याकुम लगाएर बच्चा निकालेपछि चेकजाँच गर्दा मृत्यु भइसकेको बताए।
आफूहरुमाथि आक्रमण भएको जनाउँदै अस्पतालमा कार्यरत कर्मचारी आइतबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्।
प्रहरीले आक्रमण र तोडफोडमा संलग्न रहेको भन्दै ५ जना बिरामीका आफन्तलाई पक्राउ गरेको छ।




प्रतिक्रिया